एआईजीमा जोशीको सिफारिस, दुई डीआईजीको पद खाली

ByNews

२०८१ श्रावण ८, मंगलवार ०६:२३ २०८१ श्रावण ८, मंगलवार ०६:२३ २०८१ श्रावण ८, मंगलवार ०६:२३
Spread the love

काठमाडौँ । सरकारले रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० पदमा बढुवाका लागि प्रहरी नायब महानिरीक्षक रामदत्त जोशीलाई सिफारिस गरेको छ ।

बढुवा समितिको सोमबार साँझ बसेको बैठकले जोशीलाई एआईजीमा बढुवा सिफारिस गरिएको हो । विशेष ब्युरोबाट विमानस्थल कार्यालय प्रमुख भएका जोशीलाई सोमबार बेलुका बसेको बढुवा समितिको बैठकले बढुवा गर्न सिफारिस गरेको हो ।

एआईजी उमेशराज जोशीले असार १९ गते अनिवार्य अवकाश पाएपछि रिक्त दरबन्दीमा उनलाई बढुवा गर्न सिफारिस गरिएको हो।

यसअघि डीआईजी पोषराज पोखरेललाई बढुवा सिफारिस गरिएको थियो । तर सरकारमा आएको फेरबदलसँगै बढुवा नभई उनको अवकाश भएको थियो ।

अहिले डीआईजी पद खाली भएको छ । जोशी र पोखरेलको डीआईजी पद खाली भएको हो ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *