Spread the love

लुम्बिनीमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलको नेतामा प्रदेशसभा सदस्य राजकुमार चौधरी चयन गरिएको छ । बहुमत सदस्य सांसदको सोमवार बसेको बैठकले संसदीय दलका नेता धर्मबहादुर चौधरीलाई हटाएर राजकुमार चौधरीलाई दल नेता बनाउने निर्णय गरिएको नागरिक उन्मुक्ति पार्टी स्रोतले जनाएको छ

साथै संसदीय दल नेताको राजकुमार चौधरीलाई तोकिएको जानकारी संसद सचिवालयमा समेत गराइएको छ । राजकुमार यस अघि प्रमुख सचेतक थिए । अहिले प्रमुख सचेतकमा नरमायाँ ढकाललाई चयन गरिएको छ । ढकाल सचेक रहनु भएको थियो ।

अहिले सो पार्टीको सचेतकमा निर्मलादेवी थारुलाई चयन गरिएको छ । लुम्बिनी प्रदेशमा नागरिक उन्मुक्ति पार्टीका चार जना सांसद छन् ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *