सुनको मूल्य तोलामा २४ सय रुपैयाँले घटयो

ByNews

२०८१ श्रावण १०, बिहीबार १४:२७ २०८१ श्रावण १०, बिहीबार १४:२७ २०८१ श्रावण १०, बिहीबार १४:२७
Spread the love

काठमाडौँ,साउन १० । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज एकै दिन सुनको मूल्य तोलामा २४ सय रुपैयाँले घटेको जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४५ हजार र तेजाबी सुन १ लाख ४४ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन १ लाख ४७ हजार चार सय र तेजावी सुन १ लाख ४६ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *