लक्ष्मण बस्नेत,साउन १३ दाङ । यमुना स्मृती कप ईन्टर स्कुल फुटसल प्रतियोगिता २०८१ को उपाधी गोरखा माबी तुलसीपुरले जितेको छ ।
समस्त यमुना परिवार तुलसीपुर ५ को आयोजनामा संचालित प्रतियोगिताको आज आईतवार सम्पन्न कडा प्रतिस्पर्धा अनि रोमाञ्चक फाईनल खेलमा तुलसी बोर्डिङ स्कुल तुलसिपुर लाई ५-३ गोलको अन्तरले पराजित गर्दै गोरखा माबी तुलसिपुरले उपाधी जितेको हो । उपाधी संगै उसले नगद ४० हजार, कप,मेडल,प्रमाणपत्र हात पार्यो । फाईनलमा सम्माजनक हार ब्यहोरेको तुलसी बोर्डिङ स्कुल उपबिजेतामा सिमित रहदै नगद २० हजार,कप,मेडल प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भएको समस्त यमुना परिवारका सदस्य सुरज घर्तिमगरले जानकारी दिनु भएको छ ।
यसैबिच प्रतियोगिताको समापन समारोह समस्त यमुना परिवारका सदस्य स्वर्गीय यमुना डागिकी छोरी पुजा डागी घर्तिमगरको अध्यक्षता तथा दाङ जिल्ला फुटबल संघका निवर्तमान अध्यक्ष सुशील श्रेष्ठको प्रमुख आतिथ्य एवं डिलाईट ग्रुपका सिईओ मोहन भन्डारी, नेपाल राष्ट्रिय युवा संघ लुम्बिनी प्रदेश खेलकुद बिभाग प्रमुख दिपक केसिको विशिष्ट आतिथ्यमा भएको थियो ।
कार्यक्रमको संचालन दाङ जिल्ला फुटबल संघका महासचिव लक्ष्मण बस्नेतले गर्नु भएको थियो ।
२०७७ साल साउन ४ गते स्वर्गीय हुनु भएकी यमुना डागिको स्मृतिमा आयोजित प्रतियोगितामा जिल्लामा स्थापित सामुदायिक तथा संस्थागत बिधालयका गरि १२ टिमको सहभागिता रहेको थियो ।