काठमाडौँ । सरकारले २२ जना सचिवको सरुवा गरेको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न मन्त्रालय, आयोग तथा निकायमा कार्यरत सचिवहरूको सरुवा गरेको हो ।
अर्थ सचिवमा राजश्व सचिव डा। राम प्रसाद घिमिरे आएका छन् त्यहाँका सचिव मधु कुमार मरासिनी उपराष्ट्रपतिको कार्यालय पुगेका छन् । त्यसैगरी राजश्व सचिव घिमिरेको ठाउँमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वाणिज्य दिनेश घिमिरे आएका छन् ।
सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव घनश्याम उपाध्याय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गएका छन् भने उपाध्यायको ठाउँमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौला आएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव भरत सुवेदी आएका छन् ।
प्राप्त विवरण अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दंगाल रक्षा मन्त्रालयमा आएका छन् । रक्षा मन्त्रालयका सचिव किरण राज शर्मा वित्त आयोगमा पुगेका छन् ।
थप अर्का मन्त्रीका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद दुवाडीको राष्ट्रपतिको कार्यालयमा सरुवा भएको छ भने राष्ट्रपति कार्यालयका सचिव डिल्लीराम शर्मा लोक सेवा आयोगमा आएका छन् । आयोगका राजकुमार श्रेष्ठ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल सिग्देलको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा भएको छ ।
राष्ट्रिय सतर्कता केन्द्रका सचिव राम आधार साहलाई नेपाल ट्रष्टमा पुर्याईको छ भने नेपाल ट्रष्टका सचिव प्रमीला देवी बज्राचार्य खानेपानी मन्त्रालयमा ल्याइएको छ । खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्य जल तथा ऊर्जा आयोग पुर्याइएका छन् ।
यसैगरी वित्त आयोगका सचिव मधुसूदन बुर्लाकोटी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय९वाणिज्य० सचिवमा सरुवा भएका छन् । प्रशासनलाई प्राप्त सूची अनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी राष्ट्रिय तथ्याङ्क कार्यालय पुगेका छन् भने तथ्याङ्कका प्रमुख तथ्याङ्क अधिकारी अर्जुनप्रसाद पोखरेल भूमिमा भित्रिएका छन् ।
प्राप्त विवरण अनुशार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी सार्वजनिक खरिद अनुगमन कार्यालयतिर पुगेका छन् भने उनको ठाउँमा उपराष्ट्रपति कार्यालयकी सचिव राधिका अर्याल आएकी छिन् ।