तुलसीपुर ४,गोठीखोला निवासी युवराज खड्का (हाल क्यानडा निवासी) एवं धर्मपत्नी तिला डागी (सुनिता) ले आफ्नी छोरी एन्जल खड्काको पहिलो जन्मोत्सवको अवसर पारेर जीवन बिमा पोलिसी उपहार दिएकाछन।
आइएमई लाइफ इन्स्योरेन्स कम्पनीसँग समन्वय गरी १० लाखको बीमा पोलिसी उपहार दिएका हुन् । भविष्यमा आउने आर्थिक व्यवस्थापन र हुन सक्ने सम्भावित संकटलाई समाधान गर्न सहज होस् भनेर बीमा पोलिसी उपहार दिएको अभिभावक युबराज खड्काले बताएका छन् ।
हरेक अविभावकले आफ्ना सन्तानको उच्च शिक्षामा सहजता र भविष्यमा आर्थिक संकट नआओस भनि बिमामा बचत गर्ने कामको सिको सबैले गर्नुपर्ने बेला आएको कंम्पनीका अभिकर्ता किरण पुनले बताए ।
आई एम ई लाईफको “बाल उज्जवल जीवन बिमा “पोलिसी मार्फत निरन्तर बचत गरि भविष्यमा बोनस सहित एकमुष्ट आउने रकम त्यो समयमा लक्ष्य प्राप्तीको लागि कोसे ढुङ्गा सावित हुने पुनले बताए ।