१० लाखसहित ९ जना जुवाडे पक्राउ

ByNews

२०८१ श्रावण १५, मंगलवार १३:४० २०८१ श्रावण १५, मंगलवार १३:४० २०८१ श्रावण १५, मंगलवार १३:४०
Spread the love

काठमाडौँ । जुवातास खेलेको आरोपमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार साँझ ९ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त महाराजगञ्जको टोलीले उनीहरूलाई काठमाडौँको चुनदेबीबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा बुढानीलकण्ठ नगरपालिका-५ बस्ने २१ वर्षीय करिब देउला, सिन्धुपाल्चोकका ४६ वर्षीय अशोक लामा, ताप्लेजुङ घर भएका ३८ वर्षीय नारायण लाबुङ, काठमाडौँ वसन्तपुरका २१ वर्षीय निलेश महर्जन, काठमाडौँकै ४५ वर्षीय राजेश श्रेष्ठ, बुढानीलकण्ठ ३३ वर्षीया सरिता देउला, काठमाडौँ डल्लुका ४८ वर्षीय दीपक महर्जन, काठमाडौँ कालिमाटीका ४८ वर्षीय विवेक महर्जन र काठमाडौँ डल्लुकै ५२ वर्षीय प्रकाश शाही छन् ।

काठमाडौँ महानगरपालिका-४ चुनदेवीस्थित यमकुमारी आलेको घरमा तासजुवा खेलेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको परिसरले बताएको छ ।

उनीहरूबाट १० लाख ११ हजार रुपैयाँ बरामद भएको छ । जुवा खेल्न प्रयोग भएको १३ वटा ओखर पनि बरामद गरिएको छ ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *