बामपन्थी एकताको कथा समाप्त भयोः-एमाले महासचिव पोख्रेल

ByNews

२०८१ श्रावण १५, मंगलवार १४:०५ २०८१ श्रावण १५, मंगलवार १४:०५ २०८१ श्रावण १५, मंगलवार १४:०५
Spread the love

दाङ १५ साउन । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले वामपन्थीहरुको विचमा एकताको कथा असफल भइसकेकाले पुरानै बाटोबाट अघि बढ्न नसक्ने बताएका छन्।

प्रेस चौतारी दाङले मंगलबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोख्रेलले कम्युनिस्ट पार्टी एकताको प्रहसन अब नदोहोरीने ठोकुवा गरे । उनले नेताको टाउको जोडेर गरिने एकता दिगो हुदैन । त्यो हामीले व्यहोरिसक्यौं । अब कार्यकर्ताको मन जोडेर राजनितीक धुब्रिकरण जरुरी छझमहासचिव पोख्रेलले भने । उनले कम्युनिस्टमा बिचार राख्नेहरु एमाले तिर र पुँजिवादी समाजवाद व्यवस्थामा बिचार राख्नेहरु कांग्रेस तर्फ धुब्रिकरण हुन आवश्यक छ । यसरी बलियो राजनितीक शक्ति निर्माण गर्न सकिन्छ ।स- साना राजनीतिक दलहरुले अनावश्यक बार्गेनिङ गर्दै सत्तामा पुग्ने र मुलुकमा निरन्तर अस्थिरता सृजना हुने अवस्था आएपछि दुई ठूला राजनीति दल एक ठाउँमा आउनु परेको स्पष्ट पारे ।

महासचिव पोख्रेलले राजनीतिक स्थायित्व र जनतामा बढ्दै गरेको निरासा चिर्न एमाले(कांग्रेसको विचमा सहकार्य गरिएको बताए । उनले संविधान सभाबाट संविधान जारी गर्ने बेलामा भएको जस्तै सहकार्य प्रमुख राजनितीक दलहरुको विचमा सहकार्य भएको स्पष्ट पारे ।संवैधानिक संरचनालाइ बलियो बनाउनेगरी दलहरुको बीचमा सहकार्य भएको बताए ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *