काठमाडौंमा रातभर वर्षा: सतर्क रहन आग्रह

ByNews

२०८१ श्रावण १६, बुधबार ०८:५९ २०८१ श्रावण १६, बुधबार ०८:५९ २०८१ श्रावण १६, बुधबार ०८:५९
Spread the love

काठमाडौं – रातभर परेको भारी वर्षाका कारण काठमाडौं भित्र वहने नदीहरुको वहाव बढेको छ । आज विहान ५ बजे जल तथा मौसम विज्ञान विभागले जारी गरेको सूचना अनुसार गएराति ११ बजेदेखि परेको पानीले काठमाडौं भित्र बहने नदीहरुको जल सतह बढेको हो ।

विभागले भनेको छ,‘हाल बागमती र यसका सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोविखोला,गोढावरी ,विष्णुमती, नख्खु, बल्खुखोला लगायत सबैमा जलसतह सतर्कता तह देखि खतरा तह पार गरेको छ। खोलाको बाढी किनारको सडक सम्म आउने र बस्तीमा डुवान समेत हुन सक्ने देखिएकाले सडक किनारबाट यात्रा नगरौ। डुवान हुने स्थानमा रहनेहरू बिहान १० बजे सम्म सुरक्षित स्थानमा रहौं ।’

‘काठमाडौं उपत्यका बल्खु खोला बलम्बु केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेको र बढ्दो छ, थप बर्षा हुने देखिएको ,बल्खुखोलाको पानी सडक निकार र बस्ती सम्म आउन सक्छ, बिहान १० बजे सम्म तटिय क्षेत्रमा उच्च सतर्कता अपनाऔ,’ विभागले भनेको छ ।

ललितपुरको गोदावरी खोला थाइबाको जलमापन केन्द्रमा हालको जलसतह खतराको तह पार गरेकोले त्यहाँ पनि सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *