Spread the love

ऐमाले दाङको प्रचार विभाग प्रमुखमा युवा नेता बस्याल चयन

नेपाली जनतालाई उथलपुथल नभई विकास र समृद्धि चाहिएको छ स् महासचिव पोख्रेल
दाङ १५ साउन । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले नेपाली जनतालाई उथलपुथल नभई विकास र समृद्धि चाहिएको बताएका छन् । नेकपा एमाले दाङको प्रथम पूर्ण वैठकलाई सम्बोधन गर्दै महासचिव पोख्रेलले यस्तो बताएका हुन् ।

‘पुष्पकमल दाहाल जहिले पनि उथलपुथलमै रमाउनुभयो, उहाँले पटक पटक अबसर दिदा पनि विकास र समृद्धिको नेतृत्व गर्न सक्नुभएन, त्यसैले अहिलेको राजनैतिक समिकरण बन्यो’ पोख्रेलले भने । अब राजनिति धुर्विकरण तिर गएको बताउदै उनले ८४ सालको निर्वाचनमा नेपाली कांग्रेस संगै प्रतिस्पर्धा हुने कुरा नभुल्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।


नेकपा एमाले दाङका अध्यक्ष शिबकुमार आचार्यको अध्यक्षतामा भएको वैठकले निवर्तमान उपाध्यक्ष राममणी पाण्डे सहित २४ जनालाई जिल्ला कमिटिमा मनोनित गरेको छ । यसरी मनोनित हुनेहरुमा मेघराज भुसाल, मानबहादुर रावत, सुनिल आचार्य, छवि चौधरी, गेहेन्द्र बस्नेत, सहजराम यादव, धुपनारायण चौधरी, प्रमोद शर्मा, मोहन आचार्य, जितबहादुर खड्का, सुनिल आचार्य र विरवर खड्का रहेको सचिव श्याम डाँगीले जानकारी दिए ।

त्यस्तै मनोनित हुनेहरुमा सर्वजित वली, कर्णबहादुर बुढा, खोपिराम चौधरी, एकराज खनाल, कमला देउजा, दिनेश आचार्य, प्रविन पुन, रचना कुमाल, विवेक बुढाथोकी, राजेश आचार्य र उमेश विक रहेको सचिव डाँगीले जानकारी दिए ।

ऐमाले दाङको प्रचार विभाग प्रमुखमा संगित बस्याल

त्यस्तै वैठकले विभिन्न विभाग र भुगोलको जिम्मेवारी समेत निर्धारण गरेको छ । जस अन्तरगत संगठन विभागमा सचिव स्याम डाँगी, स्कुल विभागमा राममणी पाण्डे, निर्वाचन विभागमा विवेक श्रेष्ठ, प्रचार विभागमा संगीत बस्याल, स्थानिय विकास विभाग मानबहादुर रावत, सहकारी तथा गरिवि निवारण विभागमा अमर खड्का, वित्त तथा कोष ब्यबस्थापन विभागमा सानुनारायण अधिकारी रहेका छन्।

त्यस्तै भुगोल जिम्मेवारी अन्तर्गत निर्वाचन क्षेत्र नम्वर १ को संयोजकमा सहजराम यादव, २ को संयोजकमा सुदन केसी, ३ को संयोजकमा मेघराज भुसाल रहेका छन् । वैठकले धुर्व आचार्यको संयोजकत्वमा जिल्ला सल्लाहकार परिषद् र रुद्रमणी शर्माको संयोजकत्वमा जेष्ठ कम्युनिष्ट मञ्च गठन गरिएको छ ।

उपाध्यक्ष मनोहर बुढाथोकीको स्वागत मन्तब्य बाट सुरु भएको वैठकले दाङका १०० वटै वडामा वडा ईन्चार्जहरु समेत तोकेको छ । त्यस्तै अध्यक्ष शिबकुमार आचार्यको संयोजकत्वमा २८ सदस्यीय सचिवालय समेत गठन गरेको छ ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *