Spread the love

१८- साउन/ दाङमा अटोमा चढेका दुई जनालाई खोलाले बगाएको छ । शुक्रबार बेलुका करिब सवा ८ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं। ४ खाद्रे तर्फ जाँदै गरेको रा१ह ४०५५ नम्बरको अटोलाई कालाखोला अन्तर्गत पर्ने बेचनी खोलाले अटो बगाउँदा दुईजना बेपत्ता भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख ठाकुर प्रसाद पोख्रेलले जानकारी दिए ।

वेपता हुनेमा तुलसीपुर उपमहानगरपालिका ४ खाद्रे बस्ने छबिलाल आलेकी श्रीमती अन्दाजी ५५/५६ वर्षिया सिता आले र सुर्खेत घर भइ हाल सोही ठाउँ बस्ने अन्दाजी १६/१७ वर्षीया मन्जु खड्का रहेका छन् ।

वेपता भएकाहरुको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ । अटोमा सवार ५ जना मध्ये तीनजना सकुसल छन् ।

यसैबीच, तुलसीपुर ७ स्थित रहेको कालाखोलाले तुलसीपुरबाट बिजौरी तर्फ जादै गरेको रा१ह२३५७ नम्बरको अटोसहित चालकलाई बगाएकोमा चालकको सकुशल उद्दार गरिएको प्रहरीले बताएको छ । आज बेलुका करिब पौने १० बजेतिर तुलसीपुर ७ पर्सेनी बस्ने अन्दाजी २२ बर्षिय दुर्गा बहादुर पुनलाई अटो सहित बगाएको थियो ।रातिको सवा १२ बजे सम्मपनि सो सडक सुचारु हुन सकेको छैन ।

https://youtube.com/shorts/D7_1mzaKTWI?si=H-siaRmYzTaWFqlu
हाम्रो टिम रातिको सवा १२ बजे घटनास्थल पुग्दा देखिएको दृश्य

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *