खोलाले बगाएकी महिला मृत फेला, एक जना अझै बेपत्ता

ByNews

२०८१ श्रावण १९, शनिबार १०:५४ २०८१ श्रावण १९, शनिबार १०:५४ २०८१ श्रावण १९, शनिबार १०:५४
Spread the love

दाङमा अटोसहित बगेर बेपत्ता भएका २ मध्य एक महिलाको शब फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका –४ स्थित बेचनी खोलामा आएको बाढीले शुक्रबार राती अटो बगाउँदा तुलसीपुर ४ खाद्रेकी ५५ वर्षीया सीता आलेको शब शनिबार बिहान फेला परेको हो । तुलसीपुर १५ स्थित हरिपौरी गनारीस्थित ग्वार खोलामा फेला परेको प्रहरीले जनाएको छ । यस्तै उनीसँगै बगेर बेपत्ता सुर्खेत जिल्ला घर भइ अध्ययनका लागि खाद्रे गाउँमै बस्दै आएकी १७ वर्षीया मञ्जु खड्काको अवस्था भने अझै बेपत्ता रहेकी छन् ।

उनी तुलसीपुरस्थित गोरखा माविमा कक्षा ११ मा अध्ययनरत छात्रा हुन । शुक्रबार बेलुका तुलसीपुर बजारबाट खाद्रे गाउँ तर्फ जाँदै गरेको रा १ ह ४०५५ नम्बरको अटोलाई बगाएका थियो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार अटोमा ५ जना सवार रहेका थिए ।

चालक खाद्रे गाउँका ४६ वर्षीय हरि किशन बिक, स्थानीय ३४ वर्षीया सुनिता थापा र उनका ७ वर्षीय छोरा सुशान्त आलेलाई उद्धार गरिएको थियो ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *