ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान घाइते

ByNews

२०८१ श्रावण १९, शनिबार १७:२६ २०८१ श्रावण १९, शनिबार १७:२६ २०८१ श्रावण १९, शनिबार १७:२६
Spread the love

काठमाण्डौं, १९ श्रावन । काठमाण्डौको थापाथलीमा पानी ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन् । माइतीघरबाट थापाथलीतर्फ गुडिरहेको मधेस प्रदेश ०१ ००१ क २५१९ नम्बरको ट्याङ्करले समान दिशातर्फ गुडिरहेको बा २८ प ४८६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडिको सिटमा बसेकी ६२ वर्षकी सरस्वती तुलाधरको मृत्यु भएको हो ।
मोटरसाइकल चालक ६९ वर्षका ध्रुबराज तुलाधरको नर्भिक अस्पतालमा उपचार भइरहेको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ठक्कर दिने ट्याङ्कर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *