बंगलादेश प्रदर्शन : देश छोडेकी शेख हसिना पुगिन् भारतको त्रिपुरा राज्य

ByNews

२०८१ श्रावण २१, सोमबार १७:२६ २०८१ श्रावण २१, सोमबार १७:२६ २०८१ श्रावण २१, सोमबार १७:२६
Spread the love

काठमाडौँ । हिंसात्मक प्रदर्शनपछि देश छोडेकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भारतको त्रिपुरा राज्यको राजधानी अगरतल पुगेकी छन् ।

प्रदर्शनकारीहरूले प्रधानमन्त्री हसिनाको सरकारी आवासमा ढुंगामुडा गरेपछि शेख र उनको बाहिनी बंगलादेश छाडेर अगरतल पुगेको हो । हसिनाको टोली सुरक्षित स्थानमा गएको बीबीसी हिन्दीले जनाएको छ ।
आज राजधानी ढाकामा प्रहरी र प्रदर्शनकारीबिच भएको झडपमा कम्तिमा ६ जनाको मृत्यु भएको छ । जात्राबारी र ढाका मेडिकल कलेज क्षेत्रमा भएको प्रदर्शनमा सो मृत्यु भएको हो । कफ्र्यूको बेवास्ता गर्दै दसौँ हजार बंगलादेशीहरू सडकमा उत्रिएका छन् ।

विद्यार्थी आन्दोलनको क्रममा बंगलादेशमा अहिलेसम्म कम्तिमा ३०० जनाको मृत्यु भइसकेको छ ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *