सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले ठगीका आरोपितको नाम संकलन गर्ने निर्णय गरेको छ ।
समितिका सभापति सूर्य थापाले सोमबार २९ औं बैठक बसेर आरोपितको नामावली संकलनलगायत ५ बुँदे निर्णय भएको जानकारी दिएका छन् ।
समितिले प्रस्तुत गर्ने प्रतिवेदनको मस्यौदा थालनी गर्न सचिवालयलाई जिम्मेवारी प्रदान गरियो, सामाजिक सञ्जाल फेसबूकमा लेख्दै थापाले जानकारी दिए ।
विषयवस्तु छलफलका लागि बैठकमा प्रस्तुत गरी माननीय सदस्यहरूको राय, सुझाव र धारणासहित सर्वसम्मतीले पारित गरियो ।
त्यस्तै उनले विशेष समितिले सोधपुछ गर्ने बचतकर्ता पीडकका रूपमा आरोपित व्यक्तिहरूको नामावली संकलन गरी अर्को बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको पनि जानकारी दिए ।
समितिले गृहमन्त्री रमेश लेखक, गृहसचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसँग पनि छलफल गरेको थियो ।