पहिरोमा चार घर पुरिए, एकजनाको मृत्यु

ByNews

२०८१ श्रावण २२, मंगलवार १३:३५ २०८१ श्रावण २२, मंगलवार १३:३५ २०८१ श्रावण २२, मंगलवार १३:३५
Spread the love

बलेवा (बागलुङ), २२ साउन- बडिगाड गाउँपालिका–९ दर्लिङखोलामा पहिरोले एउटा घर पुरिएको छभने एकजनाको मृत्यु भएको छ । भीमगोठस्थित इलाका प्रहरी कार्यालयका अनुसार पहिरोमा परी १५ वर्षीय विधान परियारको मृत्यु भएको हो । उनको शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ ।

बडिगाड गाउँपालिका–१० दर्लिङमा तीनवटा घर पुरिएका छन् । विकट स्थानमा पहिरो खसेकाले त्यहाँ पुग्न कठिन भएको प्रहरीले जनाएको छ । ती घरमा मानिस भएनभएको यकिन हुन बाँकी रहेको वडा नं ९ का वडाअध्यक्ष कृष्ण बहादुर केसीले बताउनुभयो ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *