Spread the love

दाङ, साउन २३ । जल तथा मौसम विज्ञान विभागले आजपनि भारी वर्षाको संभावना औंल्याएको छ ।

बर्षाका कारण दाङसहित ३४ जिल्ला उच्च जोखिममा रहने प्रक्षेपण गरिएको छ ।
मौसम विभागका अनुसार अति भारी बर्षाका कारण दाङ, बाँके, बर्दिया, प्यूठान, अर्घाखाँची, रुकुमपश्चिम, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र बैतडीपनि उच्च जोखिम औंल्याइएको छ ।

त्यस्तै कपिलवस्तु, रूपन्देही, पाल्पा, गुल्मी, तनहुँ, नवलपरासीपूर्व, लमजुङ, गोरखा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, दोलखा, म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, रसुवा जस्ता जिल्लाहरुमा उच्च साबधानी अपनाउन आग्रह गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार नै सूचना जारी गरि त्यस्तो जानकारी गराएको हो ।
भारी वर्षा हुन सक्ने र त्यसबाट बाढीपहिरोको जोखिम रहने भन्दै साबधानी अपनाउन आग्रह गरिएको छ ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *