काठमाडौँ — सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० महिला नेसन्स लिग भलिबलको उपाधि भारतले जितेको छ । बुधबार राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा भारतले नेपाललाई पराजित गरेको हो ।
नेपाल इरानलाई सेमिफाइनलमा पराजित गर्दै फाइनलमा पुगेको थियो ।भारत श्रीलंकालाई पराजित गर्दै फाइनल पुगेको हो ।
पहिलो सेटमा निकै राम्रो सुरूवात गरेको नेपाल चौथो सेटबाट भारतसँग रक्षात्मक भएको थियो । अन्तिम पाँचौं सेटमा पुगेर भारतले नेपाललाई हरायो ।