बैंकका लुम्बिनी प्रदेश नेपालगञ्ज, कर्णाली सुदुरपश्चिम प्रदेश असिस्टेण्ड पिएई मनोहर ठगुराठीले चेक हस्तान्तरण गरेका हुन
दाङ । एन आई सी एशिया बैंकले दुर्घटनामा परि ज्यान गुमाएका एक परिवारलाई बिमा वाफत प्राप्त भएको १० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । दङ्गिशरण गाउँपालिकाका तारा प्रसाद बिकको परिवारलाई दुर्घटना बीमा वापत १० लाख हस्तान्तरण गरिएको एन आई सी एशिया बैंक घोराहीका शाखा प्रबन्धक प्रबिण आचार्यले जानकारी दिए ।
दङ्गिशरण गाउँपालिका, वडा नम्बर १ स्थायी घर भई राजपुर गाँउपालिकामा कार्यरत रही बैँकको जङ्ग्रहवा शाखा कार्यालयमा सर्वश्रेष्ठ तलब बचत खाता खोलेका मृतक बिकको
खातामा उपलब्ध दुर्घटना बीमावापतको रकम उनकी श्रीमती निर्मला बिकलाई बैंकका लुम्बिनी प्रदेश नेपालगञ्ज, कर्णाली सुदुरपश्चिम प्रदेश असिस्टेण्ड पिएई मनोहर ठगुराठीले चेक हस्तान्तरण गरेका हुन ।
बैकले वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेर सेवा प्रदान गर्दै आएको तुलसीपुर शाखा प्रमुख राजिव वलिले जानकारी दिनुभयो ।