Spread the love

बिधालयमा जनयुद्दमा घाइते बेपत्ता तथा सहिद परिवारका छोरा छोरीहरूले अध्ययन गर्दै आएका छन

टेकराज भण्डारी,तुलसीपुर उपमहानगरपालिका वडा नं १७ बनकट्टिमा रहेको सहिद स्मृति आवासीय मा.विमा कराते प्रशिक्षण एवं ग्रेडिङ कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भने मुल नाराका साथ कराते प्रशिक्षण एवं ग्रेडिङ कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा ८ औं दक्षिण एशियाली तथा ५६ औं राष्ट्रिय कराते प्रतियोगितामा तृतीय स्थान हासिल गर्ने खेलाडी कुमार चपाइ लाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो।

विद्यालयका प्रधानाध्यापक नारायण पौडेलको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रत्न बहादुर वलिको प्रमुख आतिथ्यता तथा कराते महासंघ लुम्बिनी प्रदेश अध्यक्ष पदम बहादुर बस्नेतको बिशिस्ट आतिथ्यतामा भयको कार्यक्रममा बोल्ने वक्ताहरुले खेलले आफ्नो देशलाई विश्वसामु चिनाउन महत्वपूर्ण भूमिका खेल्दै मानव जीवनलाई खेलले अनुशासित बनाउन प्रेरित गर्ने बताए ।

विद्यालयमा देशभरका १६ जिल्लाका विद्यार्थी हरुले अध्ययन गरिरहेका छन् । बिधालयमा जनयुद्दमा घाइते बेपत्ता तथा सहिद परिवारका छोरा छोरीहरूले अध्ययन गर्दै आएका छन ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *