लायन्स क्लव अफ ईशानको अध्यक्षमा रेग्मी(फोटो फिचर)

ByNews

२०८१ श्रावण २६, शनिबार १७:५५ २०८१ श्रावण २६, शनिबार १७:५५ २०८१ श्रावण २६, शनिबार १७:५५
Spread the love

प्रमुख अतिथि समेत रहनुभएका श्रेष्ठले क्लबले समाजका विविध विधामा रहेर सामाजिक क्रियाकलाप गरिरहेको बताउनुभयो । उहाँले प्राकृतिक प्रकोप, महामारी, बढी पहिरो लगायत असहाय बालबालिकाको शिक्षामा पहुँच पुर्‍याउने उद्देश्यले क्लबले निरन्तर काम गरिरहेको बताउनुभयो

लायन्स क्लव अफ तुलसीपुर ईशानको पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम गरिएको छ । इशानले तुलसीपुर ७ मा रहेको राप्ती शान्ति उद्यान गणेशपुर पार्कमा शनिबार पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम गरेको हो ।

क्लबका वर्ष २०२३/२४ का अध्यक्ष ऋषी भण्डारीले वर्ष २०२४/२५ का अध्यक्ष रमेश रेग्मीलाई पद हस्तान्तरण गर्नुभएको हो ।

लायन्स इन्टरनेशनल डिष्ट्रिट ३२५ एनका डिस्ट्रीट गर्भनर बिनोद कुमार श्रेष्ठले अध्यक्ष रेग्मीसहित प्रथम उपाध्यक्ष सुनिल खनाल, द्वितीय उपाध्यक्ष दिपक केसी, थर्ड उपाध्यक्ष केशवराज न्यौपाने, सचिव बिक्रम केसी, कोषाध्यक्ष लक्ष्मण खरेल लगायतका पदाधिकारीलाई सपथ ग्रहण गराउनुभएको हो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका श्रेष्ठले क्लबले समाजका विविध विधामा रहेर सामाजिक क्रियाकलाप गरिरहेको बताउनुभयो । उहाँले प्राकृतिक प्रकोप, महामारी, बढी पहिरो लगायत असहाय बालबालिकाको शिक्षामा पहुँच पुर्‍याउने उद्देश्यले क्लबले निरन्तर काम गरिरहेको बताउनुभयो ।

अध्यक्ष रमेश रेग्मीले आफ्नो कार्यकालमा गरिने कामका ८ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गर्नुएको छ । उहाँले विकट तथा पहुँच नपुगेका क्षेत्रमा स्वास्थ्य शिविर, लागूपदार्थ दुव्र्यसन न्यूनिकरण सम्बन्धि सचेतना , मानव सेवा आश्रम , वृद्धाश्रम र अनाथलय, असहाय विपन्न वर्गको क्षेत्रमा, बालबालिका, वातावरण संरक्षण, वृक्षारोपन लगायतका कार्यहरु गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *