शान्ति समाज दाङको २७ औ साधारणसभा सम्पन्न

ByNews

२०८१ श्रावण २६, शनिबार २२:०० २०८१ श्रावण २६, शनिबार २२:०० २०८१ श्रावण २६, शनिबार २२:००
Spread the love

सभापतिमा कोमल डिसि चयन

उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेले अदालतको न्याय सम्पादनलाई निगरानी गर्न अधिकारकर्मीहरूलाई आग्रह गर्नुभएको छ । मानव अधिकार तथा शान्ति समाज दाङ शाखाको २७औ साधारणसभा उद्‌घाटन कार्यक्रममा मुख्य न्यायाधीश पाण्डेले न्याय सम्पादनमा ढिला सुस्ती र गुनासोमा कमि ल्याउन प्रयास भइरहेको उहाँले बताउनुभयो । त्यसका लागि पनि समाजमा एदाकदा आउने गुनासो र न्यायले गर्ने न्याय सम्पादनलाई नजिकबाट निगरानी गर्नुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सभापति रामकृष्ण बरालले मानव अधिकारको दायरा फराकिलो भएकाले कर्णालीका नागरिक र काठमाण्डौको अधिकारमा बिभेद हुननहुने बताउनुभयो । दंङगीशरण गाँउपालिकाका अध्यक्ष शम्भु गिरी, बबई गाँउपालिकाका अध्यक्ष कुलबहादुर खत्री र शान्तिनगर गाँउपालिकाका अध्यक्ष प्रमोद बस्नेतले नागरिकको अधिकारलाई सुनिश्चित गर्न बिभिन्न कानुन बाधक भएकाले अधिकारकर्मीहरुले संवाद गरिदिन आह्वान गर्नुभयो ।

मानवअधिकार तथा शान्ति समाजका केन्द्रिय कार्यसमितिका सल्लाहकारद्वय उत्तम पुडासैनी र गोबिन्द खनाल, सचिव एबम पर्यवेक्षक सन्तोष अधिकारी क्षेत्री,र निर्मल नेपाली, निर्वतमान केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेत, काठमाण्डौ शाखा सभापति भगवान पुडासैनी, दाङ शाखाका पूर्व सभापतिहरू डिल्लीराज धिताल र मोहन धिताल, प्रेस स्वतन्त्रता सेनानी टिकाराम रेग्मी, राप्तीबबई क्याम्पसका प्रमुख गणेश पार्धे, उच्च अदालत बारका उपाध्यक्ष श्रीराम चौधरी, अधिकारकर्मि देवा डागि,पत्रकार दिप्ति चौधरि लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

२ वर्षका लागि कार्य समिति गठन


यसैगरी साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ । जसको सभापतिमा कोमल डाँगी, उपसभापतिमा अमृत प्रसाद शर्मा सचिव माधव बस्नेत सहसचिव मधुसुदन गौतम र कोषाध्यक्षमा निर्मला कुमारी पोख्रेल रहनु भएको छ । त्यसैगरी सदस्यहरूमा रजनी शाह, भिमलाल मरासिनी, रञ्जन राज गौतम, दीपक केसी, नारायणी वली र भिमकुमारी सुनार हुनुहुन्छ ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *