Spread the love

ऐश्वर्याले सन् २००७ मा अभिषेकसँग प्रेम बिबाह गरेकी थिइन्। उनीहरुको एक छोरी आराध्या समेत छिन्

बलिउड अभिनेता अभिषेक बच्चन र ऐश्वर्या राय बच्चनको सम्बन्धविच्छेद हुन लागेको खबर केही समयदेखि चर्चामा छ।

यही हल्लाकाबीच सामाजिक सञ्जालमा एक भिडियो भाइरल भएको छ। जसमा अभिषेक स्वयमले ऐश्वर्यासँग डिभोर्स हुन लागेको बताएका छन्। ‘यसै जुलाईमा मैले र ऐश्वर्याले डिभोर्स गर्ने निर्णय गरेका छौँ। पछिल्ला केही वर्ष मेरी छोरी आराध्याका लागि राम्रो रहेन। तर, आज म यहाँ ऐश्वर्यासँग डिभोर्स लिनुको कारणबारे कुरा गर्न आएको छु,’ अभिषेकले भनेका छन्।

तर, भाइरल यो भिडिओ डिपफेक भएको बताइएको छ। यसमा अभिषेकले लिप सिङ्किङसँग पटक्कै मेल खाइरहेका छैनन्। यो भाइरल भिडियो एआई प्रविधि प्रयोग गरेर बनाइएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले आक्रोश व्यक्त गरिरहेका छन्। अभिषेक र ऐश्वर्याको सम्बन्ध सम्बन्ध विच्छेदसम्म पुगेको चर्चा लामो समयदेखि भइरहेको थियो। अभिषेक बच्चन र ऐश्वर्याले इन्स्टाग्राममा एकअर्कालाई अनफलो गरेका छन्। जसले पनि वैवाहिक सम्बन्धमा दरार आएको थाहा हुन्छ।

श्रीमान अभिषेकसँग खटपट सुरू भएपछि ऐश्वर्या घर छाडेर आमासँगै बस्न थालेको पनि भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। हालै ऐश्वर्या बच्चन परिवारबाट छुट्टिएर अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहमा सहभागी भएपछि यो हल्लाले थप चर्चा पायो। यस पार्टीमा उनी छोरी आराध्यासँग पुगेकी थिइन्। बच्चन परिवारका बाँकी सदस्यहरू एकसाथ आएका थिए। यद्धपी, औपचारिक रुपमा भने दुबैले यसबारेमा मुख खोलेका छैनन्।

ऐश्वर्याले सन् २००७ मा अभिषेकसँग प्रेम बिबाह गरेकी थिइन्। उनीहरुको एक छोरी आराध्या समेत छिन्।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *