जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर ,कलानेश्वर र दाङको पाण्डबेश्वर,त्रिसिद्देश्वरि लगायतका शिवालयहरूमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ
काठमाडौँ । आज साउन महिनाको अन्तिम सोमबार रहेको छ । पशुपतिनाथसहित देशभरका शिवालयहरूमा श्रद्धालुहरूको भिड लागेको छ । साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएकाहरूले आज विधिपूर्वक व्रत समाप्त गर्दैछन् ।
साउनको सोमबारलाई भगवान् शिवको प्रिय बार मानिने भएकाले यस दिन श्रद्धालुहरू व्रत, पूजापाठ, दान लगायतका काम गर्दछन् । यसो गर्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको छ ।
बोलबम तीर्थालुहरुको पनि देशभरका शिवालयमा घुइँचो छ । काठमाडौँको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर ,कलानेश्वर र दाङको पाण्डबेश्वर,त्रिसिद्देश्वरि लगायतका शिवालयहरूमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।