दाङको सिस्ने खोलामा बस दुर्घटना भएको छ । बुटवलबाट तलसीपुर जाँदै गरेको लु १ ख ८४१२ नम्बरको बस सिस्ने खोलाको उकालो नजिक दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालयका दाङका प्रमुख राजेश शाहिले जानकारी दिए। उनका अनुसार बस दुर्घटना सोमबार अपरान्ह भएको हो । बस दुर्घटना हुँदा बसमा सवार २० जना घाइते भएका छन् ।
घाइतेहरुको अवस्था मध्यम रहेको छ । दुर्घटनामा परी घाइते भएकाहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । बसको स्ट्रीङ फेल हुँदा दुर्घटना हुन पुगेको चालकले प्रहरीलाई बताएका छन् । चालक र बस प्रहरीको नियन्त्रणमा छ भने घटनाको थप अनुसन्धान भइरहेको छ ।