तुलसीपुरमा अटो व्यवसायीमाथी खुकुरी प्रहार

ByNews

२०८१ श्रावण ३०, बुधबार १४:१९ २०८१ श्रावण ३०, बुधबार १४:१९ २०८१ श्रावण ३०, बुधबार १४:१९
Spread the love

तुलसीपुर, ३० श्रावन । दाङको तुलसीपुरमा अटो व्यवसायीमाथी खुकुरी प्रहार भएको छ । अटो भाडाको विषयलाई लिएर तुलसीपुर–६ का अटो चालक विजय श्रेष्ठमाथी आज बिहान धारिलो हतियार खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । तुलसीपुरको कालिका मन्दिरबाट अटोमा चडेर यातायात व्यवस्था कार्यालय गाइडहर गएका तुलसीपुर–९ का रामशरण बैस्यले ५० रुपैयाँ भाडा दिन नमानेपछी सामान्य विवाद भएको थियो । सोही विवादलाई लिएर यात्रुका रुपमा गएका बैस्यले दोस्रो व्यक्तीलाई लगाएर अटो चालकमाथी खुकुरी प्रहार गर्न लगाएको प्रहरीले जनाएको छ । यसरी दिनदहाडै अटो व्यवसायीमाथी खुकुरी प्रहार हुदा तुलसीपुरको सुरक्षा व्यवस्थामाथी नै ठुलो प्रश्न चिन्ह खडा भएको छ । तुलसीपुरको यातायात व्यवस्था कार्यालयको गेट अगाडी खुकरी प्रहार हुदा अटो व्यवसायीलगाएत सबैलाई त्रसित बनाएको भन्दै दोसीलाई कडा कारवाही हुनुपर्ने यातायात प्रालिहरुले माग गरेका छन् । अटो भाडामा चित्त नबुझे कानुनी उपचारको बाटो खुल्ला हुदाहुदै अटो व्यवसायीमाथी नै ज्यान मार्ने उदेश्यले आक्रामक तरिकाले खुकुरी प्रहार हुनु दुखद पक्ष भएको नमस्ते एकता यातायात प्रालिका अध्यक्ष रोमहर्स केसीले बताउनुभयो । एउटा व्यवसायीमाथी खुकुरी प्रहार हुनु भनेको सिङ्गो व्यवसायीमाथी दमन भएको भन्दै दोसीलाई आवश्यक कारवाही हुनुपर्ने उहाँले बताउनुभयो ।

खुकुरी प्रहार गर्न लगाउने बैस्य र खुकुरी प्रहारमा संलग्न जिवि जिएमको नाममा प्रहरीमा जाहेरीसमेत दिइसकेको घाइते पक्षले बताएको छ । यता इलका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी ठाकुर पोख्रेलले भने घटनाको सूचना ढिला गरी पाएको बताउनुभएको छ । यसले गर्दा घटनामा संलग्न व्यक्तीहरु भाग्न सफल भएको र उनीहरुको खोजी भइरहेको उहाँले बताउनुभयो । आरोपीहरुको पहिचान भइसकेकाले छिट्टै उनीहरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने डीएसपी पोख्रेलले बताउनुभएको छ ।।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *