Spread the love

३१ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले काठमाडौं उपत्यकामा डेंगु रोकथामका लागि काठमाडौं उपत्यकाका स्थानीय तहहरुबीच बैठक डाकेका छन् ।

उपत्यकाका काठमाडौं, भक्तपुर तथा ललितपुरमा डेंगु संक्रमणका घटना वृद्धि भएर महामारीको रुप लिन सक्ने जोखिम देखिएपछि नियन्त्रणका लागि आवश्यक सहकार्य गर्न भन्दै मन्त्री पौडेलले उपत्यकाका महानगर, उपमहानगर तथा नगरपालिका सदस्य रहेको फोरमलाई बोलाएका हुन् ।

मन्त्री पौडेलले मिलेर काम गरे निन्त्रण गर्न सकिने भन्दै मन्त्रालय नीतिगत निर्णय र थप सहकार्यका लागि तयार रहेको बताए । ‘उपत्यकामा डेंगु नियन्त्रणलाई हामीले प्राथमिकतामा राखेका छौं,’ उनले भने, ‘आम नागरिकलाई जोगाउन सहकार्य जरुरी छ ।’

साउनदेखि फैलिएको डेंगु भदौ र असोजमा थप फैलनसक्ने जोखिम रहेको विज्ञहरुको भनाई उद्दृद्ध गर्दै मन्त्री पौडेलले यसलाई भयावह बन्न नदिन स्थानीय तहबाट साथ र सहकार्यको उद्देश्य राखेको बताए ।

उनले सरसफाइको कमीका कारण संक्रमण फैलने देखिएको भन्दै मन्त्रालयले देशैभर सातामा एक दिन एकै समयमा सफाइ गर्न लागेको भन्दै स्थानीय तह र प्रदेशबाट समेत साथ मिलेमा देशैभर सफाइ अभियान थालिने बताए ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *