शरद रेग्मी । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ स्थित लक्ष्मीनारायण मन्दिरमा दिब्य माहाआरति सुरु भएको सातौ दिन सम्म पनि भक्तजनहरु खचाखच भरिनेक्रम कम भएको छैन ।पानिको झरिमा समेत बबई गाउपालिका देखि लमहि नगरपालिका सम्मका भक्तजनहरु प्रत्यकदिन आरति र झुला महोत्सव हेर्न आउने गरेको मन्दिरका अध्यक्ष मठाधिस स्वामि केशवाचार्य(सुर्यपाकि)ले जानकारी दिनु भयो ।

पश्चिम दाङमा पहिलोपटक लक्ष्मीनारायण मन्दिरमा सुरु भएको झूला
महोत्सब तथा दिब्य महाआरति ज्ञान महायज्ञ २०८१ को मुख्य उदेश्य आन्तरिक ब्यबस्थापन,मर्मत तथा एकसय आठ जना दाताहरुको पहिचान गरि अक्षकोष स्थापना गर्नु मुख्य लक्ष्य रहेको अध्यक्ष सुर्यपाकिले बताउनु भयो ।उहाका अनुसार एकसय आठजनाको माला उन्ने र त्यस मालामा यस क्षेत्रका सबैदानबिर दाताहरुको समाबेस गराउने कार्यअघि बढेको जानकारी दिनुभयो ।

त्यसमा समाबेसहुन प्रत्यक दाताहरुले एकलाख माथि दान गर्नुपर्ने छ । दाताहरुबाट प्राप्त रकम संयुक्त दस्तखत मार्फत बैकमा जम्मा गरिने छ ।
मन्दिरको गुरुयोजना तयार गरेर मात्रै थप निर्माण र ब्यबस्थापनको कार्य अघि बढाउने आयोजक सस्थाकि अक्षकोष ब्यबस्थापन संयोजक पत्रकार नारायणि रजौरेको भनाई रहेको छ ।
यस बाहेक मन्दिर ब्यबस्थापन सितिले आफ्नो क्षमताअनुसार मन्दिरलाई सहयोग गर्न दाताहरु सगं अनुरोध समेत गरेको छ ।
मुठ्ठिदानका लागि पन्ध्रसय जनाको नाम लेख्ने काम भैरहेको महोत्सवका संयोजक खगेन्द्र राज बस्यालले जानकारी दिनु भयो ।
मुठ्ठिदानमा सहभागी हुने दाताहरुले सचिवालयमा नाम दर्ता गराउनुपर्ने छ ।

मन्दिरका ब्यबस्थापक डिल्लीराज रेग्मीका अनुसार साउन २५ गते देखि सुरु भएको महोत्सव भाद्र ३ गते साझ सम्म सञ्चालन हुने छ ।
दर्शक र दाताहरुको अत्यधिक उपस्थिति हुन थालेपछि आयोजकहरुमा थप हौसला प्राप्त भएको बताउनु हुन्छ सहसयोजक सिमा न्यौपाने ।

प्रत्यक दिन बिहान ७ देखि ९ बजे सम्म पूजा अर्चना,दिउसो १ बजेदेखि ४ बजेसम्म संगीतम कथा प्रबचन, ६ तिस बजे सम्म झूला तथा भजन किर्तन र साझ ७ बजेदेखि दिब्य महाआरतिको दर्शन गर्ने कार्यक्रम निरन्तर सञ्चालन भैरहेको छ ।
आज सम्म करिब पैतिस हजार बढिले महोत्सवको दर्शन गरिसकेको मन्दिर ब्यबस्थापनले जानकारी दिएको छ ।
