Spread the love

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ मा रहेको माद्यामिक विद्यालय बालापुरमा अध्ययनरत विद्यार्थीहरुलाइ शैक्षिक सामाग्री वितरण गरिएको छ ।

शुक्रबार एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।


रोटरी क्लव अफ तुलसीपुर सिटी र रोट्रयाक्ट क्लब अफ तुलसीपुरको आर्थिक सहयोगमा विद्यार्थीहरुलाई कापि,पेनसिल, जुत्ता र मोजा लगाएतका सामाग्री वितरण गरिएको हो ।

रोटरि क्लब अफ तुलसीपुर सिटिका अध्यक्ष बिनिल केसिको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका कार्यवहाक नगर प्रमुख तथा वडा नम्बर २ का अध्यक्ष भिम बहादुर योगीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कक्षा १ देखि ५ कक्षा सम्म अध्ययन गर्ने ३५ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।


कार्यक्रमका प्रमुख अतिथि योगीले यो शैक्षिक सामाग्रीले विद्यार्थीहरुलाई पढ्नमा सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा तुलसीपुर उधोग बाणिज्य सघंका पुर्ब अध्यक्ष बिमल रिजालले रोटरी क्लबले समाजमा आबश्यकपर्ने कामहरु गर्दै आएको बताउनु भयो ।
उहाले रोटरि क्लबले शिक्षा,स्वास्थ्य खानेपानि तथा अति आबश्यक क्षेत्रमा काम गर्दै आएको बताउनु भयो ।

कार्यक्रममा विद्याल व्यबस्थापन समितिका अध्यक्ष तिलक बहादुर केसी, पूर्व अध्यक्ष भिम बहादुर वली, माद्यामिक विद्यालय बालापुरकका प्रधानाध्यापक गणेशमान खड्का ,तुलसीपुर ग्रील व्यवसायी संघका उपाध्यक्ष दिपक केसी, समाजसेवि टिकाराम कँडेल लगाएतकाले रोटरिले बिधार्थिहरुका लागि अति आबश्यक सामाग्रि उपलब्ध गराएकोमा प्रशसा ब्यक्त गरेका थिय ।


सो अबसरमा रोट्रयाक्ट क्लब अफ तुलसीपुरका अध्यक्ष किरण पुन,पत्रकार लगायतको सहभागिता रहेको थियो ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *