Spread the love

रसुवा । पर्यटकीय तथा धार्मिक महत्व बोकेको रसुवा जिल्लाको गोसाइँकुण्डलाई शिवकुण्ड पनि भन्ने गरिन्छ । समुद्र सतहबाट करिव ४,३८० मिटरको उचाईमा अवस्थित सो कुण्डमा दशहरा र जैनपूर्णिमा गरी वर्षमा दुई पटक मेला लाग्ने गर्दछ । यस वर्ष यही भदौ ३ गते परेको जैन पूर्णिमाका लागि श्रद्धालुहरु सो क्षेत्रतिर हिँडिसकेका छन् ।

राजधानी काठमाडौँलगायत देशका विभिन्न ठाँउबाट श्रद्धालुहरु गोसाइँकुण्ड पग्ने गर्दछन् । त्यसकारण अन्य दिनहरुको तुलनामा भन्दा जनैपूर्णिमाका दिन कुण्डमा स्नान गर्ने, भगवान शिवको पूजाआराधना गर्ने श्रद्धालुहरुको बोक्लो उपस्थिति रहने गर्दछ ।

यसका वरिपरि अरू १०८ वटा कुण्ड रहेका छन् । जसमध्ये भैरवकुण्ड, सरस्वतीकुण्ड, पार्वतीकुण्ड, सूर्यकुण्ड आदि । यहाँको प्राकृतिक बनावट र कुण्डहरूले गोसाइँकुण्डको गन्तव्यलाई निकै आकर्षक बनाउने गर्दछ ।

साथमा यात्राका क्रममा भेटिने तामाङ संस्कृति र प्रकृतिका छटाले पनि मन तान्ने गर्दछ ।

धार्मिक दृष्ट्रिकोणबाट गोसाइँ भगवान् शिवले समुद्र मंथनबाट उत्पन्न कालकुट विषको डाह शान्त पार्न हिमालय खण्डमा आई आफ्नो हातमा भएको त्रिशूलले भित्तामा हिर्काउँदा गंगाजल ९त्रिशूल धारा० उत्पति भएपछि कुण्डमा शयन गरी चिसो पानीद्धारा विषको डाह शान्त पारेको हुँदा गोसाइँकुण्डमा त्रिशूल धाराको पानी गोसाइँ महादेवलाई सिंचन गर्न गएको किंवदन्ती रहेको छ ।

यो कुण्डमा शिवको आकृतिको मूर्ति जस्तो गेरु रङको चट्टान देखिन्छ । गोसाइँकुण्डका वरिपरि नौ कुण्ड छन् भने त्यो भन्दा माथि पश्चिमपट्टि पाँच कुण्ड छन् ।

त्रिशूली नदीको उद्गम स्थल त्रिशूल धारा, १०८ वटा कुण्ड, तामाङ संस्कार र संस्कृति, अमरसिंह गुफा, विभिन्न गुम्बा, विभिन्न वन्यजन्तु, चराचुरुङगी तथा जडीबुटी आदि सो क्षेत्रको आकर्षणको रुपमा रहेको छ ।

काठमाडौँबाट विभिन्न बाटो हुँदै गोसाईकुण्ड पुग्न सकिन्छ । काठमाडौँबाट धुन्चे हुँदै धुन्चेबाट पैदल यात्राबाट पुग्न सकिने गोसाइँकुण्ड, सिन्धुपाल्चोकको मेलम्चीबाट कुटुमसाङ ठाडेपाटीको पैदल यात्रा पनि निकै आकर्षक रहेको छ ।

त्यसैगरी सुन्दरीजलदेखि गोसाइँकुण्डसम्मको यात्रा धार्मिक, ऐतिहासिक हिसाबले राम्रो पदयात्रा मानिन्छ । नुवाकोटको घ्याङफेदी तालु कसेरी हुँदै गोसाइँकुण्ड जान सकिन्छ ।

त्यसैगरी मालाभञ्याङ, सागरकुण्ड र राउचुलीको पदयात्रा गरी गोसाइँकुण्ड पुग्न सकिन्छ । तस्बिर–नेपाल फोटो लाइब्रेरी

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *