Spread the love

आज मिति वि.सं. २०८१ भदौ ०१ गते शनिबार ई.सं.२०२४ अगस्त १७ नेपाल सम्बत ११४४ गुंलाथ्व द्धादशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण शुक्ल त्रयोदशी, चन्द्रमा धनु राशिमा, पूर्वषाढा नक्षत्र, प्रीति योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०५:३५ बजे भयो भने सूर्यास्त साँझ ०६:४० बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): अनुकूल समय छ । पशुधन र अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिने छ भने सहयोगीहरूले राम्रो साथ दिनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुने दिन छ । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्ला । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन् । दौडधुप र जोखिम बढ्नेछ । रोकिएको काममा सफलता मिल्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । आज खर्चको मात्रा केही बढ्ने देखिन्छ । आफ्नै कमजोरीले विवादमा परिने सम्भावना भएकोले संयमता अपनाएर व्यवहार गर्नुहोला । अरुबाट आलोचना हुने, काममा बाधा आउने, धनमाल हराउने सम्भावना पनि रहेको छ । तथापि, आँटेको काममा सफलता मिल्नेछ । तपाइको प्रतिभाको उच्च मूल्यांकन हुने योग छ । राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा होला । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): ब्यस्तता र आत्मविश्वास बढ्नेछ । रोकिएका काम बिस्तारै बन्नेछन् । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्ने योग छ । जिम्मेवारी बढिरहनेछन् । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । स्वादिष्ट भोजनमा मन रमाउनेछ । जीवनसाथीको स्वास्थ्यसम्बन्धी समस्याले चिन्ता बढाउन सक्छ । स्थायी सम्पत्तिका विषयमा पनि केही विवाद आउन सक्छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको दिन व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । भेटघाटको अलमलले नोक्सान पुग्ला । नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । जीवनसाथीको सहयोगले लाभ र आनन्द मिल्ने योग छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): ब्यस्तता बढ्नेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उत्साहवर्द्धक समाचार सुन्न पाइएला । उद्योग र व्यापारमा विशेष फाइदा होला । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । नयाँ प्रेम गर्ने अवसरका साथै प्रेम विवाहमा परिणत हुने योग छ । स्वास्थ्य कमजोर रहने सम्भावना रहेकोले खानपानमा ध्यान दिनु जरुरी छ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): प्रशस्त धन आर्जन गर्ने समय छ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ला । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । स्थायी सम्पत्ति बढाउन सकिनेछ । परिवारजनको सहयोगले विशेष कामहरू बन्ने योग छ । साथीभाइको सहयोग प्राप्त गर्नुहुनेछ । कार्यगति बढ्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । धैर्यसाथ निरन्तरको प्रयत्नले काममा फाइदा हुनेछ । पारिवारिक जमघटमा मन रमाउला । व्यापार-व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ । रुचिका विषयमा लगानी बढाउन सकिने छ । विलासितामा खर्च बढ्नेछ । साहसिक काममा आकर्षण बढ्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): समयको गतिलाई पछ्याउन विशेष प्रयत्न गर्नुपर्ने समय छ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला, तर बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । पढाइलेखाइमा केही प्रगति हुने दिन रहेको छ । परिवारजन एवम् साथीभाइको सहयोग प्राप्त होला । मान महत्व बढ्नेछ । मिठो भोजन प्राप्त गर्नुहुनेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्ला । योजना र बजेट बनाइ कार्य गर्नु हितकर होला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ । लगनशीलताले राम्रै उपलब्धि दिलाउला । समय लागे पनि काम सम्पादन हुनेछन् । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । नसोचेको ठाउबाट धन प्राप्त भइ मन प्रशन्न हुने योग छ । मिठो भोजन प्राप्त हुनेछ । रसरागको भाव बढ्ला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन् । साझेदारीमा पनि राम्रो फाइदा मिल्ने देखिन्छ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । विवेकले काम लिने प्रयत्न गर्नुहोला । विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । यात्रागत कार्यको सम्भावना छ । मिठो भोजन प्राप्त हुनेछ । चुनौतीका बाबजुद दायित्वलाई पूरा गर्न सकिनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): नयाँ कामको खोजीमा हुनुहुन्छ भने मिल्ने सम्भावना बढेको छ । आलस्यले गर्दा अवसर गुम्न सक्छ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । आर्थिक कारोवार अति आवश्यक अवस्थाबाहेक नगर्नु नै उचित हुने समय छ । नोकरीमा पदोन्नति र स्थानान्तरणको सम्भावना छ । मिठो भोजन प्राप्त हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): बिनाप्रतिस्पर्धा फाइदा हुने समय छ । अरूको भरपर्दा काम रोकिन सक्छ । हिम्मत गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ । तत्काललाई ठूलो फाइदा नउठे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त होला । आफन्तको साथ मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ । सुख विलास पनि बढ्नेछ । समस्याको समाधान होला ।

तपाईको दिन शुभ रहोस्

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *