जनैपूर्णिमाका दिन लाग्ने गोसाईंकुण्ड मेलाको सम्पूर्ण तयारी पूरा

ByNews

२०८१ भाद्र २, आईतवार १३:५७ २०८१ भाद्र २, आईतवार १३:५७ २०८१ भाद्र २, आईतवार १३:५७
Spread the love

काठमाडौँ । भोलि जनैपूर्णिमाका दिन रसुवाको गोसाईंकुण्डमा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । धार्मिक एवम् पर्यटकीय गन्तव्यका रुपमा रहेको गोसाईंकुण्डमा मेलाको तयारी पूरा भएको र तीर्थालु भक्तजनलाई रातको समयमा उज्यालो पुर्‍याउने उद्देश्यले पहिलो पटक बिजुली बत्ती बालिएको छ ।

तीर्थयात्रीको उपचारका लागि धुञ्चेको शिवमन्दिर चोकमा स्वास्थ्य सहायता कक्ष सञ्चालन गरिएको छ । साथै मिनि गोसाईंकुण्ड, चोलाङपाटी, लौरीविनायक र गोसाईंकुण्डमा स्वास्थ्य शिविर सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिनुभयो ।

गोसाईंकुण्ड मेला भर्न आउनेको सुरक्षाका लागि एक सयभन्दा धेरै सुरक्षाकर्मी परिचालन तथा बिरामी यात्रीको उद्धार गर्न उद्धार समूह साथै स्वास्थ्य सहायता कक्ष सञ्चालन गरिएको छ ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *