देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रेस संयोजकमा दशरथ घिमिरे नियुत्त भएका छन् ।
दाङको लमही नगरपालिका वडा नं ६ निवासी घिमिरे करिव १५ वर्ष देखि पत्रकारीतामा रहेर युगबोध राष्ट्रिय दैनिक, देश सञ्चार, नेपाल टेलिभिजन लगायत विभिन्न मिडियामा कार्यरत घिमिरे यस ‘हाम्रो लुम्बिनी न्युज डटकम’ का सम्पादक समेत रहेका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले घिमिरेलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यको प्रेस संयोजकमा नियुत्त गरेका हुन । घिमिरे प्रेस चौतारी लुम्बिनी प्रदेश उपाध्यक्ष एवं पत्रकार महासंघ दाङ शाखाका सहसचिव पनि हुन् ।