दाङमा पचास युवा माओवादी केन्द्रमा प्रवेश

ByNews

२०८१ भाद्र १०, सोमबार ०६:४७ २०८१ भाद्र १०, सोमबार ०६:४७ २०८१ भाद्र १०, सोमबार ०६:४७
Spread the love

दाङको तुलसीपुरमा पचास जना युवा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बिभिन्न पार्टी परित्याग गरि पचास जना युवा माओवादी केन्द्रमा प्रवेश गरको हुन् । नवप्रवेशीहरुलाई माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वअर्थमन्त्री धनबहादुर मास्की(राजेश)ले स्वागत गरेका हुन् । त्यस अवसरमा लुम्बिनी प्रदेशसभा सदस्य समेत रहेका मास्कीले माओवादी केन्द्रको सरकारले भ्रष्टाचारका फाइल खोल्न थालेपछि मुलुकका दुई ठूला पार्टी मिलेर सरकार बनाएको बताएका छन् ।‘प्रचण्ड सरकारले भ्रष्टाचारका फाईल खोल्न थाल्यो, भ्रष्टाचारमा मुछिएका हेभि वेटका नेताहरुलाई समेत जेल हाल्यो’,उनले भने‘यसबाट ठूला पार्टीहरु त्रसिएर सरकार ढाल्न तिर लागे ।’ यो सरकारको भविष्य पनि लामो नरहेको उनको भनाई छ । अहिलेको सरकारमा ठूला–ठूला अन्तरविरोध जन्मिरहेको भन्दै यो सरकारको दिनगन्ति सुरु भइसकेको उनको भनाई छ ।
माओवादीको नेतृत्वमा भएको परिबर्तनलाई संस्थागत गर्न अबको युवाशक्तिहरु एक जुट हुनुपर्ने समेत उनको भनाई थियो । मुलुकमा भएको १० बर्षे जनयुद्धकै बलमा भएको १९ दिने आन्दोलनले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण भएको भन्दै यसलाई रक्षागर्न नयाँ पुस्ताले ध्यान दिनुपर्ने बताए ।

धिरन पुन ,विवेक सुनार ,सुन्दर सुनार ,शिव नेपालि ,कपिल महरा र धरण बुढा मगरको नेतृत्वमा युवाहरु प्रवेश गरको हुन् ।

माओवादी केन्द्र तुलसीपुर नगर अध्यक्ष मोहन थापाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश सदस्य तथा तुलसीपुर नगर इन्चार्ज डिल्ली अधिकारी, सहइन्चार्ज चित्रबहादुर खड्का‘अनुपम’, प्रदेश सदस्यहरु खुसीराम चौधरी, प्रविण वली, खेमराज वली, तुलसी थापा, विरेन्द्र विकलगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण उपाध्यक्ष अमर नेपाली(माईकल)ले गरेका थिए ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *