जन्मदिनको अवसरमा बालकलाई सहयोग

ByNews

२०८१ भाद्र १०, सोमबार ०७:०२ २०८१ भाद्र १०, सोमबार ०७:०२ २०८१ भाद्र १०, सोमबार ०७:०२
Spread the love

होटेल पौवा घोराहीका म्यानेजर केडी शर्माले जन्मदिनको अवसरमा बालकलाई सहयोग गरेका छन् । होटेलका सुरक्षा गार्ड शिव शिर्पालीका पाँच बर्षीय छोरा चुमान शिर्पालीको शिक्षाका लागि उनले चार हजार रुपयाँ सहयोग गरेका हुन् ।
​जन्मदिनमा अन्य खर्च नगरी बालकको शिक्षामा सहयोग गरेको शर्माले बताए । चुमानको आमा नभएको र बुवाले मात्रै होटेलमै राखेर हुर्काउँदै आएकोमा अब शिक्षामा सहयोग मिलोस् भनेर जन्मदिनको खर्च कटौती गरी सहयोग गरेको उनले जानकारी दिए । ‘जन्मदिनमा अनाबश्यक खर्च गर्नुभन्दा बालकको शिक्षामा सहयोग पुगोस् भनेर सहयोग गरेको हुँ,’ उनले भने,‘यसबाट बालकको शिक्षामा सहयोग मिलोस् भन्ने मेरो चाहना छ ।’
फोटो क्याप्सन ः जन्मदिनको अवसरमा बालकलाई चेक हस्तान्तरण गर्दै केडी शर्मा ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *