सल्यानमा चट्याङ लागेर एक विद्यालयका प्रधानाध्यपाकको मृत्यु

ByNews

२०८१ भाद्र ११, मंगलवार ०८:५६ २०८१ भाद्र ११, मंगलवार ०८:५६ २०८१ भाद्र ११, मंगलवार ०८:५६
Spread the love

सल्यानमा चट्याङ लागेर एक विद्यालयका प्रधानाध्यपाकको मृत्यु भएको छ। कालीमाटी गाउँपालिका १ लक्ष्मीपुर सातलखोलाका ५६ वर्षीय दल बहादुर कार्कीको चट्याङ लागेर मृत्यु जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेसमबहादुर खत्रीले जानकारी दिए।

कार्की कालीदेवी प्राथमिक विद्यालय सातलखोलाका प्रधानाध्यापक भएको कालीमाटी गाउँपालिका–१ का वडाध्यक्ष रविलाल खत्रीले बताए। सार्वजनिक बिदाको दिन घर नजिकै गोठालो गएका कार्कीलाई सोमबार साँझ ५ बजे चट्याङले हानेको थियो।

चट्याङ लागेर गम्भीर घाइते कार्कीलाई उपचारका लागि सल्यान जिल्ला अस्पतालमा ल्याउँदा डाक्टरले मृत घोषणा गरेका थिए। कार्कीको शव पोस्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा राखिएको छ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *