Spread the love

होटलबाट भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्न २४ किलोमिटरको दूरीमा छ

दाङ ११ भदौ । बुटवलमा पहिलो पाँच तारे होटल सफ्रोन सञ्चालनको अन्तिम तयारीमा पुगेको छ। सफ्रोन सीके प्रालिले निर्माण गरेको सो होटल अन्र्तराष्ट्रिय चेन होटल ह्यातको नाममा सञ्चालनमा आउने छ। सञ्चालक मध्येका भूमिराज पौडेलले दशैं अघिनै उद्धघाटन गर्ने गरी आवश्यक पूर्वधारको काम भैरहेको बताए।

जग्गासहित कुल लागत ४ अर्ब रुपैयाँ रहेको होटल एक विगाहा ६ कठ्ठा क्षेत्रफलमा फैलिएको छ। होटलमा १०७ वटा कोठाहरू रहेका छन्। होटलको अगाडि १० हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र र ३ हजार क्षमताको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बीआईसीसी छन्।

होटलमा रेस्टुरेन्ट, स्विमिङ पुल, सम्मेलन र ब्याङकेट हल, क्यासिनो, स्पा र अन्य सुविधाहरू रहनेछन् । होटल सञ्चालकमा चुन्नुप्रसाद पौडेल, कमलकिशोर मालपानी, नरिश्वर पौडेल, उमाशंकर मालपानी, भूमिराज पौडल र श्रवण बेरिवाल रहेका छन्।

होटल व्यवस्थापनको जिम्मा होटल ह्यात प्रालिले लिने गरी सम्झौता गरिएको छ ।
होटलबाट भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्न २४ किलोमिटरको दूरी छ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *