काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले निलम्बित महामन्त्री डा। मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निकालेको छ ।
मंगलबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई पार्टीबाट हटाउने निर्णय गरेको हो ।
रास्वपाले साधारण सदस्यबाट किन नहटाउने रु भन्दै दुईपटक ढकाललाई स्पष्टीकरण सोधेको थियो । ढकाललाई २४ घण्टाभित्र स्पष्टीकरण दिने गरी यसअघि सचिवालय र केन्द्रीय समिति बैठकले पत्र पठाएको थियो ।
यसअघि असार २५ गते बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाएको थियो ।
‘अनुशासन आयोगले यसअघि नै यथेष्ट प्रमाणहरू बुझाइसक्नुभएको थियो उहाँलाई कारबाही गरियोस् भनेर । तर, पार्टीले उहाँलाई स्पष्टीकरणको मौका दिएका थियौँ । उहाँको स्पष्टीकरणमाथि पनि छलफल गर्यौँ । पार्टीको विधान र राजनीतिक दलसम्बन्धी नियमलाई टेकेर कारबाही गरेका छौँ’ बैठकपछि कार्यवाहक प्रवक्ता मनिष झाले भने ।