टेक्ससको ह्युस्टनमा गोली हानेर नेपाली विद्यार्थीको हत्या

ByNews

२०८१ भाद्र १२, बुधबार ११:०३ २०८१ भाद्र १२, बुधबार ११:०३ २०८१ भाद्र १२, बुधबार ११:०३
Spread the love

काठमाडौँ —अमेरिकाको टेक्सस राज्यको ह्युस्टनमा एक नेपालीको गोली हानेर हत्या भएको छ । नेपाली विद्यार्थी मुना पाण्डेको आफ्नै बसेको अपार्टमेन्टमा गोली हानेर हत्या भएको हो ।

पाण्डेलाई सोमबार साँझ छातीमा गोली लागेको अवस्थामा अपार्टमेन्टमा भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो । सोमबार बेलुका ५ बजेर ३५ मिनेटमा ह्युस्टन प्रहरी घटनास्थलमा पुग्दा मृत अवस्थामा थिइन् । ह्युस्टन प्रहरीले विज्ञप्ति जारी गर्दै पीडितलाई अपार्टमेन्ट भित्र धेरैवटा गोली लागेको उल्लेख गरेको छ ।

भोजपुरकी पाण्डे सन् २०२१ मा स्नातक अध्ययनका लागि अमेरिका गएकी थिइन् । पाण्डे ह्युस्टन कम्युनिटी कलेजमा नर्सिङ विषयमा अध्ययनरत रहेको नेपाली एसोसिएसन अफ ह्युस्टनका प्रथम उपाध्यक्ष द्रोण गौतमले जानकारी दिएका छन् ।

पाण्डे सुरुमा नेपालबाट गएकी साथीसँग बसेकी थिइन् । तर पछि अपार्टमेन्ट लिएर एक्लै बस्न थालिन् ।न्युयोर्कबाट सञ्चालनमा रहेको नेपाली डायस्पोराबारे समाचार लेख्ने नेपयोर्क अनलाइनका अनुसार आमा अनिताले हत्यारा पत्ता लगाउन आग्रह गरेकी छिन् भने छोरीको न्यायका लागि सघाउन अमेरिकामा रहेका नेपालीहरूलाई अनुरोध समेत गरेकी छिन् । ४ दिनदेखि मोबाइल अफ रहेको र पहिले पनि बेलाबेलामा अफलाइन हुने गरेकाले कतै घुम्न गएको होला भन्ने ठानेको तर अहिले दु:खद खबर सुन्नुपरेको आमा अनिताको भनाइ छ ।

हालसम्म घटनामा कोही पनि दोषी फेला परेका छैनन् । प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ । पाण्डेको शव पोस्टमार्टमका लागि पठाइएको छ ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *