४ डिआइजीको सरुवा

ByNews

२०८१ भाद्र १२, बुधबार २१:३८ २०८१ भाद्र १२, बुधबार २१:३८ २०८१ भाद्र १२, बुधबार २१:३८
Spread the love

प्रदीप कुमार पाल सशस्त्र प्रहरी बल नेपाल नं‌ ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीमा

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालका चार जना सशस्त्र प्रहरी नायव महानिरीक्षक डिआइजीहरुको सुरुवा गरिएको छ ।

गृह मन्त्रीस्तरको भदौ १२ गतेको निर्णय अनुसार ४ जना सशस्त्र प्रहरी नायव महानिरीक्षकहरूलाई सशस्त्र प्रहरी बल नेपालको विभिन्न कार्यालयहरूमा सरुवा गरिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव नारायण प्रसाद भट्टराईले प्रशासनलाई दिएको जानकारी अनुसार सशस्त्र प्रहरी बल नेपाल न।५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीमा कार्यरत डिआइजी अभिकुमार खत्रीलाई सशस्त्र प्रहरी बलको प्रधान कार्यालयस्थित मानव स्रोत साधन विभाग, नेपाल नं।६ महेश्वरी बाहिनी मुख्यालयमा सुर्खेतमा कार्यरत डिआइजी दुर्गा प्रसाद भट्टराईलाई राष्ट्रिय सुरक्षा परिषद्‌को सचिवालय सिंहदरवारमा ल्याइएको छ ।

यसैगरी राष्ट्रिय सुरक्षा परिषद्‌को कार्यालय सिंहदरवारमा कार्यरत डिआइजी प्रदीप कुमार पाललाई सशस्त्र प्रहरी बल नेपाल नं‌ ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीमा पठाइएको भने सशस्त्र प्रहरी बलको प्रधान कार्यालय स्रोतसाधन विभागमा कार्यरत डिआइजी सुरेश कुमार श्रेष्ठलाई सशस्त्र प्रहरी बल नेपाल नं ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेत सरुवा गरिएको छ ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *