मेरिगोल्ड स्कुलमा जुनियर रेडक्रस सर्कल गठन

ByNews

२०८१ भाद्र १४, शुक्रबार १६:१५ २०८१ भाद्र १४, शुक्रबार १६:१५ २०८१ भाद्र १४, शुक्रबार १६:१५
Spread the love

दाङ १४ भदौ, तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ मा रहेको मेरिगोल्ड ईंग्लिश बोर्डिङ स्कुलमा जुनियर रेडक्रस सर्कल गठन गरिएको छ । विद्यालयका छात्र प्रतीक खनालको अध्यक्षतामा १३ सदस्य जुनियर रेडक्रस सर्कल गठन गरिएको हाे जसको उपाध्यक्षमा सिर्जना बुढाथोकी, सचिवमा सीता सुनार, सह-सचिवमा निता केसी कोषाध्यक्षमा बिपना छन्त्याल सह-कोषाध्यक्षमा संक्रान्त खड्का सदस्यहरूमा एन्जल केसी, प्रतीक्षा श्रेष्ठ, सनिसा भण्डारी, अविरल सुनार, पार्शबी विष्ट दिपेन्द्र पराजुली र बबिन भट्टराई रहेका छन् त्यस्तै गठन कार्यक्रममा विष्णु न्यौपाने शिक्षक नायक, रश्मी लामिछाने सह-शिक्षक नायक र प्रधानाध्यापक वासुदेव रिजाललाई संरक्षकको रुपमा चयन गरिएको छ ।

विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापमा सहभागी हुन नेतृत्व क्षमताको विकास गर्न, सामाजिक गतिविधि तथा समाज सेवामा क्रियाशील हुनका लागि जुनियर रेडक्रस सर्कल गठन गरिएको विद्यालयका भाइस प्रिन्सिपल सोमराज बस्नेतले जानकारी दिनुभयो ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *