काठमाडौँ । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बोलाएको बैठक केही बेर अघि शुरु भएको हो ।
बिहीबार नियमित रूपमा बस्ने मन्त्रिपरिषद्को बैठकमा आज मन्त्रालयहरूका नियमित प्रस्तावहरूमा छलफल तथा निर्णयसँगै गृह सचिवसमेत नियुक्त हुने बुझिएको छ ।
तत्कालीन गृह सचिव एकनारायण अर्याल मुख्य सचिवमा नियुक्त भएसँगै गृह सचिव पद रिक्त रहँदै आएको थियो । गृह सचिवका लागि आधा दर्जन सचिवहरूबिच प्रतिस्पर्धा रहे पनि पछिल्लो समय तीन जनामा साँघुरिएको छ ।