उच्च मनोबलका साथ जनताको सेवामा लाग्न मुख्यसचिवको निर्देशन

ByNews

२०८१ भाद्र २२, शनिबार १४:५४ २०८१ भाद्र २२, शनिबार १४:५४ २०८१ भाद्र २२, शनिबार १४:५४
Spread the love

काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालले निजामति सेवा प्रविधिमैत्री, सिर्जनशिल, सेवाग्राहीमैत्री र नतिजामुखी हुन जरुरी रहेको बताएका छन् ।

शनिवार काठमाडौंमा २१ औं निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले निजामति प्रशासनको विगतमा कायम भएको गरिमालाई जोगाउन आज हाम्रा सामु विभिन्न चुनौतिहरु खडा भएको उल्लेख गरे।

उनले बदलिँदो विश्व परिवेशसँगै नेपालको शासन व्यवस्थामा सिर्जित नयाँ आयामलाई सम्बोधन गर्न निजामति सेवा प्रविधिमैत्री सिर्जनशिल, सेवाग्राहीमैत्री र नतिजामुखी हुन जरुरी रहेको बताए।

उनले सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सहभागितामुलक बनाउँदै राज्यबाट प्राप्त हुने सेवा सुविधामा जनताको समान र सहज पहुँच सुनिश्चित गरी सुशासनको प्रत्याभुति गर्ने कार्यमा निजामति सेवाको प्रमुख भुमिका रहेको बताए ।

उनले आफ्नो कर्तव्य र जिम्मेवारीमा उच्च मनोबलका साथ सकारात्मक सोच राखि जनताको सेवामा लाग्न कर्मचारीहरुलाई निर्देशन दिए ।

उनले भने, ‘निजामति प्रशासनको विगतमा कायम भएको गरिमालाई जोगाउन आज हाम्रा सामु विभिन्न चुनौतिहरु खडा भएका छन् । बदलिँदो विश्व परिवेशसँगै नेपालको शासन व्यवस्थामा सिर्जित नयाँ आयामलाई सम्बोधन गर्न निजामति सेवा प्रविधिमैत्री सिर्जनशिल, सेवाग्राहीमैत्री र नतिजामुखी हुन जरुरी छ ।

सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सहभागितामुलक बनाउँदै राज्यबाट प्राप्त हुने सेवा सुविधामा जनताको समान र सहज पहुँच सुनिश्चित गरी सुशासनको प्रत्याभुति गर्ने कार्यमा निजामति सेवाको प्रमुख भुमिका रहेको सर्वविदित नै छ । यो कुरालाई आत्मसाथ गरी आफ्नो कर्तव्य र जिम्मेवारीमा उच्च मनोबलका साथ सकारात्मक सोच राखि जनताको सेवामा लाग्न सबै कर्मचारीहरुलाई म हार्दिक अपिल गर्न चाहन्छु ।’

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *