पतञ्जलि योगको भब्य तीज मिलन कार्यक्रम सम्पन्न

ByNews

२०८१ भाद्र २२, शनिबार १६:०९ २०८१ भाद्र २२, शनिबार १६:०९ २०८१ भाद्र २२, शनिबार १६:०९
Spread the love

जिल्ला प्रभारी साहना श्रेष्ठले ठुलो सख्यामा उपस्थिति भएर कार्यक्रम सफल बनाउन भुमिका खेल्नुहुने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ

दाङ,पतञ्जलि योग महिला जिल्ला समिति दाङको आयोजनामा हिन्दु नारीहरुको महान चाड हरितालिक तीज मिलन कार्यक्रम २०८१ सम्पन्न भएको छ ।

पतञ्जलि योग महिला जिल्ला प्रभारी साहना श्रेष्ठको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाकि उपमेयर हुमा डी. सीको प्रमुख आतिथ्यता तथा सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा थापाको बिशिष्ट आतिथ्यतामा भएको तिजमिलन कारयक्रममा लुम्बिनि प्रदेश सह प्रभारी शारदा पोख्रेल,लुम्बिनि प्रदेश प्रशिक्षण प्रमुख दिपक बस्यालको विशिष्ट आतिथ्यता एवम् लुम्बिनि प्रदेशका कोषाध्यक्ष मधुमालति अधिकारी,लुम्बिनि प्रदेश सोसल मिडिया प्रभारी द्वय डा. अरुण कुमार श्रेष्ठज्यू, अञ्जु रेग्मी न्यौपानेलगायतकाले तिज पर्बले नया उमगं थप्नुका साथै महिला शसक्तिकरणमा सबैजना लाग्नुपर्ने बताएका थिय ।

सो अबसरमा बिभिन्न बिक्तिहरुलाई प्रमाणपत्रले सम्मान गरिएको थियो । दाङ जिल्लाभरीका विभिन्न साधना केन्द्रबाट करिब सातसय जना योगानुरागीहरुको उपस्थिति रहेको निमा बस्नेतले जानकारि दिनुभयो ।
कार्यक्रमको सहजीकरण महिला जिल्ला महासचिव यमा गौतमले गर्नु भएको थियो ।
यसैबिच दाङ जिल्लारिबाट कार्यक्रमा सहभागिता जनाउनुहुने सबैमा धन्यवाद ज्ञापन गरिएको छ ।

जिल्ला प्रभारी साहना श्रेष्ठले ठुलो सख्यामा उपस्थिति भएर कार्यक्रम सफल बनाउन भुमिका खेल्नुहुने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *