अस्पताल विकास समिति अध्यक्ष सिंह अख्तियारको फन्दामा

ByNews

२०८१ आश्विन ३, बिहीबार १५:५५ २०८१ आश्विन ३, बिहीबार १५:५५ २०८१ आश्विन ३, बिहीबार १५:५५
Spread the love

डडेल्धुरा अस्पतालको विकास समितिका तत्कालीन अध्यक्ष लक्ष्मण सिंह अख्तियारको फन्दामा परेका छन्। योग्यता ढाँटेर नियुक्ति लिएपछि उनी अख्तियारको फन्दामा परेका छन्।

जिल्ला डडेल्धुरा, अमरगढी नगरपालिका वडा नं। २ सोलपारीका लक्ष्मण सिंहले डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्ष पदमा मनोनयन हुँदा पेश गरेको शैक्षिक योग्यताका प्रमाण(पत्रहरु नक्कली भएको र योग्यता ढाँटेर नियुक्ति भएको अख्तियारको दाबी छ।

तत्कालीन अध्यक्ष पदमा कार्यरत सिंहले डडेल्धुरा अस्पताल विकास समिति ९गठन० आदेश, २०७६ को दफा ३९२० बमोजिम डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्ष पदमा मनोनयनरनियुक्ति हुनका लागि इन्टरमिडियट र स्नातक तहको झुट्टा तथा नक्कली शैक्षिक प्रमाण(पत्र पेश गरी नियुक्ति लिएको बताइएको छ।

सिंहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको छ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *