Spread the love

नेकपा एमाले तुलसीपुर नगर कमिटीको दोस्रो अधिवेशन आज हुँदै छ । तुलसीपुर –९ दोघरेको सभाहलमा हुन लागेको नेकपा एमाले तुलसीपुर नगर कमिटीको दोस्रो अधिवेशनलाई पार्टीका महासचिव शङ्कर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । अधिवेशनको उद्‌घाटन बिहान ११ बजे गरिने आयोजकले बताएको छ । अधिवेशनका लागि १९ वटा वडाबाट ३ सय ९१ जना प्रतिनिधि छनौट भएर आएका छन् । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।

अध्यक्षमा खत्री र रावतको चर्चा

नेकपा एमाले तुलसीपुर नगर कमिटीको आगामी कार्यकालका लागि रूप बहादुर खत्री र सुरेश रावतको नाम चर्चा छ । सहकारी आन्दोलनबाट स्थापित हुनुभएका रुपबहादुर खत्री अहिले नेकपा एमाले तुलसीपुर नगर कमिटीको सचिव हुनुहुन्छ । यहाँको सक्रियतालाई हेर्दा सफलतापूर्वक कार्यकाल पुरा गर्ने सचिवका रुपमा लिइन्छ । जसले आगामी अध्यक्षको यात्रलाइ सजिलो बनाएको एमालेका नेता तथा कार्यकर्ताहरू बताउँछन् ।

यता सुरेश रावत नेकपा एमाले जिल्ला कमिटीको पूर्व सचिवालय सदस्य हुनुहुन्छ । लामो समय विद्यार्थी राजनीतिमा सक्रीय रावतलाई सबैलाई मिलाएर लग्न सक्ने कुशल सङ्गठनका रुपमा लिइन्छ । त्यसैगरी उपाध्यक्षमा दुजमान भण्डारी बर्सातको नाम चर्चामा छ । उहाँ नगर कमिटीको स्कुल विभाग प्रमुख हुनुहुन्छ । सचिव भने हेमराज डाँगी, मानबहादुर केसी, सर्जन परियारको नामा चर्चामा छ ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *