प्रहरी कार्यालय धनुषाको हिरासतबाट ८ जना थुनुवा फरार

ByNews

२०८१ आश्विन ७, सोमबार ०९:३२ २०८१ आश्विन ७, सोमबार ०९:३२ २०८१ आश्विन ७, सोमबार ०९:३२
Spread the love

काठमाडौं, ७ असोज । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट आठ जना थुनुवा फरार भएका छन् ।

गएराति भेन्टिलेसन तोडेर ८ जना थुनुवा फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीकाअनुसार ९ जना थुनुवाले भेन्टिलेसन तोडेर भाग्ने प्रयास गरेका थिए । त्यसमध्ये एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

फरार ८ जनाको अझै खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।प्रहरीकाअनुसार फरार भएका थुनुवाहरू मुख्यतया लागुऔषध र अभद्र व्यवहारसम्बन्धी मुद्दामा थुनामा रहेका थिए ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *