हेल्प डेस्कमा प्रमुख जिल्ला अधिकारी

ByNews

२०८१ आश्विन ८, मंगलवार ०९:१६ २०८१ आश्विन ८, मंगलवार ०९:१६ २०८१ आश्विन ८, मंगलवार ०९:१६
Spread the love

शरद रेग्मी ।तुलसीपुर अशोज ८ ।दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले सेवाग्राहीका गुनासा सुन्ने व्यवस्था मिलाउनुभएको छ ।
हालै सरुवा भई आउनुभएका प्रजिअ लम्सालले हाजिर भएकै दिन आइतबारेदेखि प्रत्येक दिनको १२ बजेदेखि १२ः३० बजेसम्म सेवाग्राहीसँग गुनासो सुनुवाइ थाल्नु भएको हो । कार्यालयको कोठा नं. ११० मा रहेको नागरिक सहायता कक्षमा प्रजिअ आफै उपस्थित भएर गुनासो सुन्ने उहाँले जानकारी दिनुभयो । ‘म नभएको अवस्थामा सहायक प्रजिअ र उहाँ पनि नभएको अवस्थामा प्रशासकीय अधिकृत बसेर गुनासो सुन्ने र सम्बोधन गर्ने काम हुन्छ’– प्रजिअ लम्सालले भन्नुभयो– ‘गुड गभर्नेन्समा पर्ने विषय हो । अन्तर्राष्ट्रिय प्राक्टिस पनि राम्रो छ । हामीले यहाँ आइतबारदेखि शुरु गरेका छौं र यो नियमित हुन्छ ।’


प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जिल्लामा रहेका सबै कार्यालयको गुनासो पनि सुन्ने व्यवस्था गरिने जानकारी दिनुभयो ।

नागरिकहरुको जायज गुनासो सम्बोधन तथा सुझावहरुको कार्यान्वयन गर्नका लागि हरेक महिनाको ३ गते दिउँसो ३ बजेदेखि ४ बजेसम्म प्रजिअ स्वयं उपस्थित भई लिखित तथा मौखिक वा अनलाइनमार्फत गुनासो तथा सल्लाह सुझाव लिने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।
‘जिल्लाभित्रका समग्र कार्यालयबाट प्रदान हुने सेवा प्रवाहका सम्बन्धमा जायज गुनासो टिपाउने तथा सुझावहरु ग्रहण गर्ने व्यवस्था मिलाइएको छ’– उहाँले भन्नुभयो– ‘त्यसरी नागरिकबाट आएका सुझाव तथा गुनासाहरुलाई प्रत्येक महिनाको ४ गते बस्ने कार्यालय प्रमुखको बैठकमा पेश गरी सम्बोधन गरिनेछ ।

’ प्रजिअ लम्सालले जिल्लाका कार्यालयको सेवा प्रवाहका विषयमा सुझाव वा गुनासा भए अनलाइन वा जिल्ला प्रशासन कार्यालयमा जानकारी दिन पनि अनुरोध गर्नुभएको छ ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *