निमित्त प्रहरी महानिरीक्षक राईद्वारा सेवाग्राहीको समस्यालाई प्राथमिकतामा राख्न निर्देशन

ByNews

२०८१ आश्विन १०, बिहीबार ०६:४७ २०८१ आश्विन १०, बिहीबार ०६:४७ २०८१ आश्विन १०, बिहीबार ०६:४७
Spread the love

काठमाडौँ । निमित्त प्रहरी महानिरीक्षक टेक प्रसाद राईले प्रहरी कार्यालयमा आउने सेवाग्राहीहरूको समस्या तत्काल सम्बोधन गर्दै, उत्कृष्ट ढंगले जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन् ।

बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा हालै सरुवा तथा काज भई आफ्नो कार्यक्षेत्रमा खटिन लागेका प्रहरी उपरीक्षक (एसपी) तथा प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूलाई निर्देशन दिँदै उनले सबैलाई आफ्नो जिम्मेवारीप्रति संवेदनशील बन्न आग्रह गरे ।

उनले प्रत्येक प्रहरी अधिकारीले आफ्नो कार्यक्षेत्रको अवस्था, समस्या र चुनौतीको विश्लेषण गरी सोही अनुसार कार्य योजना बनाई कार्यसम्पादन गर्नुपर्ने उल्लेख गरे । शान्ति सुव्यवस्था कायम राख्न स्थानीय तह, नागरिक र अन्य सरोकारवाला निकायसँग समन्वय गरी काम गर्नुपर्ने पनि उनले बताए ।

‘नागरिकको भरोसा जित्न निष्ठावान, इमानदार र सिर्जनशील भएर काम गर्नु आवश्यक छ’ निमित्त प्रहरी महानिरीक्षक राईले भने। उनले हरेक प्रहरी अधिकारीलाई नागरिकको सेवा र सुरक्षामा प्रतिबद्ध रहँदै, उनीहरूको समस्या समाधानका लागि सक्रियता देखाउन आग्रह गरे ।

सोही अवसरमा नेपाल प्रहरी प्रधान कार्यालयका विभिन्न विभाग प्रमुखहरूले पनि सरुवा भई जान लागेका प्रहरी अधिकृतहरूलाई सम्बोधन गर्दै, अपराध नियन्त्रण र प्रभावकारी सुरक्षा व्यवस्थापनका लागि आवश्यक कदम चाल्न निर्देशन दिएका थिए।

अपराध अनुसन्धान विभागका प्रमुख एआईजी टेक बहादुर तामाङ, मानव श्रोत विकास विभागका प्रमुख एआईजी भिम प्रसाद ढकाल, कार्य विभागका प्रमुख एआईजी रामदत्त जोशी र नेपाल प्रहरी केन्द्रीय प्रहरी सह–प्रवक्ता वरिष्ठ उपरीक्षक विश्व अधिकारीले पनि समसामयिक सुरक्षा चुनौतीहरू सामना गर्नका लागि अपनाउनुपर्ने रणनीतिहरूको चर्चा गरेका थिए ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *