झन्डै २१ करोड बनेको थियो पुल
नवलपरासी, असोज १० । राष्ट्रपति रामचन्द्र पौडेलले सुस्तामा निर्मित झोलुंगे पुलेको उद्घाटन गरेका छन् ।
नवलपरासी बर्दघाट सुस्ता पश्चिमस्थित सुस्ता गाउँपालिका–५ को नारायणी नदीमा निर्मित पुल त्रिवेणी महेशपुर(सुस्ता) मल्टिस्पान झोलुंगे पुलको राष्ट्रपति पौडेलले उद्घाटन गरेका हुन । पुल उद्घाटनका साथै सुस्ता क्षेत्रमा एकीकृत राष्ट्रिय विद्युत प्रणालीबाट विद्युत आपुर्तीसमेत सुरु गरिएको छ ।
नेपाल सरकार, शहरी विकास मन्त्रालय र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको आयोजनामा उद्घाटन कार्यक्रम भएको हो ।
कार्यक्रममा कार्यवहाक प्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का, लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर, मुख्यमन्त्री चेतनारायण आचार्य, लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर लगायत कार्यक्रममा सहभागी थिए ।
झुलुंगे पुलले सुस्ता गाउँपालिका–५ को सकरदिनही र सोही वडाको सुस्ता गाउँलाई जोड्ने गर्छ । सुस्ता क्षेत्रमा तीन सय ५० घरधुरीको बसोवास छ । यो पुल बन्नु अघि स्थानीय डुंगाबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्य थिए ।
एक हजार पाँच सय ७१ मिटर लामो झोलुंगे पुल भ्याट बाहेक २० करोड ९३ लाखको लागतमा निर्माण भएको हो । पुल निर्माण पछि सुस्तापट्टी उत्पादन हुने उखु र केरा बजार पु¥याउन सहज हुने देखिएको छ । पुलको दाँया किनारमा सकरदिनही र वायाँ किनारमा सुस्ता पर्दछ ।